शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

अदालतको आदेशपछि ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत रोकियो

बिहीबार, ०८ फागुन २०८१, १६ : ३९
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ । 

टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए । 

‘सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम‍्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

केही दिनअघि उच्च अदालत पाटनले हाल थुनामा रहेका आफताब आलमको मुद्दाका आधारमा फिल्मको प्रचार प्रसारमा रोक लगाएको थियो ।  आलमले आफ्नो आकृति झल्किने तस्बिर र सामग्री फिल्ममा प्रयोग गरिएको पाइएको भन्दै रोक लगाउन माग गरेका थिए । 

478377941_659545973177901_4383468301549743263_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप