शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
विधेयक

प्रहरी विधेयकमा अहिलेसम्म परे ४३ संशोधन प्रस्ताव

बिहीबार, ०८ फागुन २०८१, १६ : २६
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । 

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रहरी विधेयकमा कांग्रेसका तर्फबाट अहिलेसम्म प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक शुशीला थिङसहित रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, नागिना यादव, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सिता मिजार गरी  ११ जनाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप