रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा शव फेला
बिहीबार, ०८ फागुन २०८१, १६ : २३

बुटवल । रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
उनले टाउकोमा चोट देखिएको कारणले ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने खुलाए। मृतक महिलाको पहिचान हुन बाँकी रहेको छ ।घटना बारेमा सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?