उपचारका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी थाइल्याण्डमा
बिहीबार, ०८ फागुन २०८१, १६ : २३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएकी छन् । छोरी उषाकिरण, सुरक्षा गार्ड र सहयोगीसहित भण्डारी फागुन ५ गते त्यसतर्फ गएकी हुन् ।
यसअघि थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने उनी निकट एक एमाले नेताले जानकारी दिए ।
‘उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समेत समस्या देखिएपछि जचाउन जानुभएको हो’, ती नेताले भने-‘त्यहाँबाट फर्केपछि मधेस लगायतका प्रदेशको भ्रमण गर्ने तयारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता