शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’

बिहीबार, ०८ फागुन २०८१, १६ : १४
बिहीबार, ०८ फागुन २०८१

काठमाडौंँ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विंध्यवासिनी मन्दिरमै छायाङ्कन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

राजुविक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् ।

यसैले पनि फिल्मले फागुन १४ गते सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ । फिल्ममा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करणसिंह कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप