शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु

बिहीबार, ०८ फागुन २०८१, १५ : १४
बिहीबार, ०८ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकाको अरिजोना विमानस्थल माथिको आकाशमा दुई साना विमान जुधेका छन् । यो घटनामा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

टूसनको उत्तरपश्चिममा माराना क्षेत्रीय विमानस्थल नजिक बिहान ८ः २८ बजे सेस्साना १७२ एस र ल्यान्कएयर ३६० एमके आईआई जुधेको राष्ट्रिय परिवहन सुरक्षा विभाग (एनटीएसबी) ले भनेको छ । यी दुई सिंगल इञ्जिन विमान रनवे १२ माथि जुधेको भनिएको छ । 

ठोक्किएपछि सेसेना अवतरण भए पनि ल्यान्कएयरको विमान भने अर्को धावनमार्ग नजिक जलेको एनटीएसबीले भनेको छ । यस घटनामा दुई जना मरेको र हरेक विमानमा दुई दुुई जना सवार भएको बताइएको छ । 

यस घटनाबारे छानबिन भइरहेको छ । छानबिन चल्दासम्म विमानस्थल बन्द गरिएको छ । जनवरी २९ मा पनि वाशिङटनमा विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यसयता अमेरिकामा चार वटा हवाई दुर्घटना भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप