हलिउड फिल्ममा सलमान ? लिक भयो फर्स्ट लुक

मुम्बई । बलिउड अभिनेता सलमान खान आफ्नो आगामी चलचित्र सिकन्दरलाई लिएर चर्चामा छन् । अर्कोतर्फ सलमानले हलिउड चलचित्रमा काम गरिरहेको खबर पनि बाहिर आएको थियो ।
अहिले उनले कथितरुपमा काम गरिरहेको हलिउडका चलचित्रको फर्स्ट लुक सार्वजनिक भएको छ । उनको यो फर्स्ट लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सलमानले काम गरिरहेको यो चलचित्रबारे धेरै जानकारी भने आएको छैन । मिडिया रिपोर्टका अनुसार यस चलचित्रमा सलमानसँगै सञ्जय दत्त पनि देखिनेछन् ।
भिडियो सार्वजनिक भएपछि सलमानले हलिउडको चलचित्रको सुटिङ सुरु गरेको दाबी गरिएको छ । यसमा सलमान र सञ्जयको केमियो हुनेछ । मध्यपूर्वका दर्शकहरूलाई आकर्षित गर्न उनीहरूलाई यस चलचित्रको हिस्सा बनाइएको बताइन्छ ।
सलमानको आगामी चलचित्र सिकन्दरलाई चर्चित निर्देशक ए.आर. गुरुगदासले निर्देशन गर्दैछन् । यो चलचित्र सन् २०२५ को इदमा रिलिज हुनेछ ।
चलचित्रमा रश्मिका मन्दाना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक बब्बरलगायत कलाकारको पनि भूमिका रहनेछ । हालै निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?