आईसीसी च्याम्पियन्स ट्रफी
घरेलु मैदानमा उपाधि चुम्ने एकमात्र राष्ट्र
बिहीबार, ०८ फागुन २०८१, १३ : ०५

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा घरेलु मैदानमा उपाधि जित्ने एकमात्र टोली श्रीलंका हो । अन्य कुनै पनि टोलीले घरेलु मैदानमा च्याम्पियन्स ट्रफीको उपाधि चुम्न सकेका छैनन् । सन् २००२ को च्याम्पियन्स ट्रफी श्रीलंकामा आयोजना भएको थियो ।
श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । पहिलो दिनको फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि फाइनल खेल सेप्टेम्बर ३० तारिखका लागि सारिएको थियो । तर, वर्षाका कारण त्यो दिन पनि फाइनल खेल रद्द हुन पुग्यो ।
दोस्रो दिन खेलिएको फाइनल पनि वर्षाका कारण प्रभावित भएपछि श्रीलंका र भारत दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । यसरी श्रीलंका घरेलु मैदानमा उपाधि जित्ने एकमात्र राष्ट्र बन्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल