शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

चिनियाँ कूटनीतिक नियोगका १० प्रतिशत कर्मचारी निकाल्दै अमेरिका

बिहीबार, ०८ फागुन २०८१, १२ : ३५
बिहीबार, ०८ फागुन २०८१

बेइजिङ । अमेरिकाले चीनमा रहेको आफ्नो कूटनीतिक नियोगको आकार घटाउन लागेको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै साउथ चाइना मर्निङ पोष्टले छापेको समाचार अनुसार मुख्य भूमि चीन र हङकङमा काम गरिरहेका अमेरिकी कूटनीतिज्ञहरूको साथसाथै स्थानीय कामदारहरूलाई पनि निकाल्न थालिएको छ । 

यस कटौतीमा १० प्रतिशतसम्म कर्मचारीलाई कामबाट निकालिने भनिएको छ । कटौतीमा पर्ने कर्मचारीहरूले छिटोमा शुक्रबारसम्ममा सूचना दिइने बताइएको छ । 

यसबाट बेइजिङमा रहेको दूतावास र क्वाङचाउ, शाङहाई, शेन्याङ र वुहानस्थित वाणिज्य दूतावास प्रभावित हुने यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै समाचारमा भनिएको छ । यसरी निकालिनेलाई अन्यत्र कतै काममा राखिन्छन् कि राखिदैंन भन्ने चाँहि स्पष्ट भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप