मेस्सीको निर्णायक गोल, मियामीको जित

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले गरेको एकमात्र गोलको मद्दतमा अमेरिकी क्लब इन्टर मियामीले बिहीबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ कान्सास सिटीलाई पराजयको स्वाद चखाएको छ ।
उक्त खेल कनकाकाफ च्याम्पियन्स कपअन्तर्गत खेलिएको हो । पहिलो चरणको उक्त खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
निर्धारित समयको ५६औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले निर्णायक गोल गरेका थिए । आठपटकका बालोन डी’ओर विजेता मेस्सीले सर्जियो बुस्केट्सको आकर्षक पासमा उक्त गोल गरेका थिए ।
पहिलो हाफमा इन्टर मियामीले प्रतिद्वन्द्वीमाथि गतिलो दबाब बनाएको थियो । मियामीका खेलाडीले विपक्षीको पोष्टमा एकपछि अर्को प्रहार गरेका थिए । तर, गोल भने गर्न सकेको थिएन ।
खेलका क्रममा स्पोर्टिङ कान्सास सिटीले पनि गोल गर्ने केही गतिला अवसर खेर फालेको थियो । इन्टर मियामी र स्पोर्टिङ कान्सास सिटीबिचको दोस्रो लेग खेल फेब्रुअरी २५ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु