रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
बिहीबार, ०८ फागुन २०८१, १२ : १२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ ।
समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री
-
संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाको होहल्ला
-
संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली ||LIVE||
-
प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने
-
सुरु भयो प्रतिनिधिसभा बैठक
-
श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा