सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

एप्पलद्वारा तीन वटा मोडेलहरू बन्द

बिहीबार, ०८ फागुन २०८१, ११ : ३४
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हालै नयाँ आईफोन आईफोन १६ई लन्च गरेको थियो । तर यसका साथै कम्पनीले उपभोक्ताहरूलाई ठुलो झट्का पनि दिएको छ । 

आईफोन १६ईको सुरुवातसँगै एप्पलले अन्त तीन वटा मोडेलहरू बन्द गरेको छ । 

एप्पलको आधिकारिक वेबसाइटबाट आईफोन एसई (तेस्रो पुस्ता), आईफोन १४ र आईफोन १४ प्लस हटाइएको छ ।

 यसको अर्थ अब तपाईंले एप्पलको आधिकारिक वेबसाइटबाट अब आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो, आईफोन १६ प्रो म्याक्स, आईफोन १६ई (फेब्रुअरी २८ पछि), आईफोन १५ र आईफोन १५ प्लस मात्रै किन्न सक्नुहुनेछ । 

आईफोन १६ई एप्पलको एउटा एन्ट्री–लेभल फोन हो । यो अहिलेसम्मको सबैभन्दा कम मूल्यको नयाँ मोडेल हो । 

आईफोन १६ई ६.१ इन्चको ओएलईडी स्क्रिनको साथमा आएको छ । यसमा ए१८ बायोनिक चिपसेट छ जुन कम्पनीको प्रमुख चिपसेट हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप