पाथीभरा केबलकार निर्माणविरुद्धको रिटमा आज सुनुवाइ
बिहीबार, ०८ फागुन २०८१, १० : ५५

काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।
आईन्द्र कुमार लिम्बु समेतको वारेस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेकी हुन् ।
गत पुस १८ र माघ ३ गते गरी यस सम्बन्धी दुई वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा