इन्दु शंकर चिनी उद्योगद्वारा किसानलाई १ अर्ब २२ करोड भुक्तानी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई भुक्तानी गरेको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।
उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालका अनुसार उद्योगले किसानहरूलाई उखु बिक्री गरेपछि एक हप्ताभित्रै भुक्तानी दिँदै आएको छ। हालसम्म किसानहरूलाई कुल रु १ अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरिसकिएको छ।
उखु प्रवन्धक योग नारायण रजकका अनुसार उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा ६ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। साथै, उन्नत जातको उखु बीउ वितरण, माटो परीक्षण, आधुनिक कृषि उपकरण हस्तान्तरण, उत्पादन प्रविधिको प्रशिक्षण, र स्थलगत अवलोकनमार्फत किसानहरूलाई थप सक्षम बनाउने योजनासमेत अघि बढाइएको छ।
सरकारले किसानलाई रु ७० प्रति क्विन्टल अनुदान दिने निर्णय गरेको छ भने उद्योगले रु ५८५ थपेर कुल रु ६५५ प्रति क्विन्टल भुक्तानी गरिरहेको छ। देशभरका चिनी उद्योगहरूमध्ये समयमै भुक्तानी गर्ने उद्योगका रूपमा इन्दु शंकर चिनी उद्योगले करिब १२ हजार किसानहरूसँग उखु खरिद गर्दै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
-
बाम एकता आवश्यक तर व्यवहारिक रूपमा अहिले असम्भव
-
खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री लामा
-
किन लाग्छ बाडुल्की ?
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता