प्रकृति लम्सालको नाममा किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने

काठमाडौँ । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।
घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित तुल्याएको किटको भनाइ छ ।
किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।
प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको र नेपालका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि फोनमा कुराकानी गरेर घटनाबारे जानकारी गराएको किटले जनाएको छ । प्रकृति होस्टमै मृत फेला परेपछि विश्वविद्यालयमा आन्दोलन भएको थियो भने विद्यार्थीहरूलाई निकाल्ने काम समेत भएको थियो । सो घटनाको नेपालका साथै भारतमा समेत चर्को विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’
-
राजेश हार्डवेयरसहित ५ कम्पनीको बिक्री वितरण रोक्का
-
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
-
ट्रम्पले फेरे मतदान प्रक्रियाको नियम
-
कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?