लिग लिडर आरसीबीलाई पछ्याउँदै दिल्ली क्यापिटल्स

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । दिल्ली क्यापिटल्सले बुधबार राति खेलिएको खेलमा यूपी वारियर्सलाई सात विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको दिल्ली क्यापिटल्सको यो दोस्रो जित हो । दिल्ली क्यापिटल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट चार अंक बटुलेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) तालिकाको पहिलो स्थानमा आसिन छ ।
दुई खेल खेलेको यूपी वारियर्सको भने यो लगातार दोस्रो हार हो । दुई खेल टुंग्याएको मुम्बई इन्डियन्स दुई अंकसहित तेस्रो र तीन खेलबाट दुई अंक हात पारेको गुजरात जायन्ट्स तालिकाको चौथो स्थानमा आसिन छन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्ली क्यापिटल्सले भने १९.५ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
दिल्ली क्यापिटल्सको जितमा ओपनर मेग ल्यानिङले अर्धशतकीय पाली खेलिन् । टोलीकी कप्तान समेत रहेकी मेगले ६९ रन बनाइन् । उनले केवल ४९ बलको सामना गरी १२ वटा चौका हिर्काएकी थिइन् । अर्की ओपनर सफाली वर्मा भने २६ रन बनाउँदै आउट भएकी थिइन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी एनाबेल सदरल्यान्डले पनि टोलीका लागि अविजित ४१ रनको योगदान गरिन् । उनले ३५ बलको सामना गरी चार चौका हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । मारिजेन कपले टोलीको खातामा अविजित २९ रन थपिन् ।
त्यसअघि, पहिले ब्याटिङ गरेको यूपी वारियर्सका लागि ओपनर किरन नवगिरले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५१ रन बनाएकी थिइन् । यस क्रममा उनले केवल २७ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएकी थिइन् ।
स्वेता शेरावतले पनि टोलीको खातामा ३७ रन थपिन् । उनले ३३ बलमा एक छक्का र चार चौका प्रहार गरिन् । चिनेल हेनरी ३३ रनमा अविजित रहिन् । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरिन् । दिल्ली क्यापिटल्सकी बलर अनाबेल सदरल्यान्डले दुई किेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन लाग्छ बाडुल्की ?
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित