हामीले धर्मको विरोध गरेका छैनौँ : मह जोडी
बिहीबार, ०८ फागुन २०८१, ११ : ४१

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् ।
यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरे ।
आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह