युक्रेनी मुद्दामा ट्रम्पसँग कसरी ‘डिल’ गर्ने भन्नेमै विभाजित छ युरोप

ब्रसेल्स । युरोपका सबैभन्दा शक्तिशाली राष्ट्रहरूका प्रमुखहरूले पेरिसस्थित फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवास छोडेको केही समयपछि म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दुई छुट्टाछुट्टै फोनमा कुरा गरेका थिए ।
म्याक्रोनले युक्रेन युद्धको सम्बन्धमा पेरिसमा युरोपेली देशहरूको बैठक बोलाए । साउदी अरबमा युक्रेनमा शान्ति स्थापना गर्नेबारे रुस र अमेरिकाबिच छलफल हुनु अघि म्याक्रोनले उक्त बैठक बोलाएका थिए । यो बैठक कति सफल भयो ? के म्याक्रोन आफ्नो लक्ष्यमा सफल भए त ? भन्ने प्रश्न अनुत्तरित नै छन् । युक्रेनी युद्ध अन्त्य गर्न अमेरिका र रुस मात्रै सहभागी हुने वार्ता कस्तो होला भन्नेमा युक्रेन र युरोपेली देशहरू चिन्तित छन् । युक्रेन र युरोपेली देशहरूको सहभागिता बिना युक्रेन युद्धबारे कुनै पनि वार्ता हुन नसक्ने भन्दै उनीहरू रियादमा भएको वार्ताको विरोध गरेका थिए ।
तर पेरिसमा आयोजित युरोपेली देशहरूको यो बैठकमा सबै देशहरूको आवाज फरक फरक थियो । अमेरिका र रुसबिचको वार्तामा धेरै बुँदाहरूमा सहमति भएको देखिएको छ । रियादमा भएको वार्तालाई रुस र अमेरिकाले सफल भनिरहेका छन् । तर युरोपेली साझेदारहरूबिच धेरै मुद्दाहरूमा सहमति हुन सकेन । यस सन्दर्भमा यो बैठकलाई खासै सफल भन्न मिल्दैन ।
बैठकमा नेटो प्रमुख र युरोपेली आयोग प्रमुख बाहेक बेलायत, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, नेदरल्याण्ड र डेनमार्कका नेताहरूले भाग लिएका थिए । बैठकको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यानाकर्षण गराउनु थियो । वार्ताको मुख्य ध्येय युक्रेन युद्धबारे अमेरिकाले रुससँग गरिरहेको कुनै पनि वार्तामा उनीहरूलाई समावेश गर्नुपर्छ भनेर पार्न ट्रम्पलाई कसरी मनाउने भन्ने थियो ।
अमेरिकाले सुरु गरेको युक्रेन वार्तामा आफूहरूलाई पाखा लगाइएकोमा युरोप रुष्ट छ । युक्रेन युरोपेली देश हो । यसको भविष्यले सम्पूर्ण महादेशलाई असर गर्नेछ । यो शान्ति वार्ता पछि पुटिन कति बलियो वा कमजोर देखिन्छन् भन्ने कुराले पनि युरोपको भविष्य निर्भर हुनेछ ।
आफ्नै सर्तहरूमा मात्रै सम्झौता गरेपछि पुटिनले यस क्षेत्रका अन्य देशहरूको सार्वभौमसत्तालाई पनि खतरामा पार्न सक्छन् भन्ने डर युरोपेली देशहरूमा छ । तर सोमबार पेरिसमा बसेको बैठकले आफ्नो उद्देश्य हासिल गर्न सकेन ।
के सन्देश दिन चाहन्छन् युरोपेली देश ?
आर्थिक मोर्चामा द्वन्द्व र कठिन घरेलु परिस्थितिका बाबजुद पनि यी युरोपेली देशहरूले ट्रम्पको माग अनुसार आफ्नो रक्षा खर्च बढाउन सहमत भएका छन् । पेरिसमा भएको बैठकमा युद्धविरामको अनुगमन गर्न युद्धविरामपछि युरोपेली सेना युक्रेन पठाउने सम्भावनाबारे पनि छलफल भयो । केही हप्ता अघिसम्म यो कुरा बिल्कुल असम्भव लागिरहेको थियो । युरोपले युक्रेनमा आफ्नो सेना पठाउन भन्ने ट्रम्प पनि चाहन्छन् ।
तर समग्रमा यी युरोपेली देशहरूले अमेरिकालाई कडा सन्देश पठाउन सकेनन् । शान्ति वार्तामा आमन्त्रित नगरिएकोमा रिसाएका यी देशहरूले त्यस्तो सन्देश दिनै सकेनन् जसबाट ट्रम्पले ‘ला युरोपेली देशहरू त रिसाएछन्,’ भने चिन्ता गरुन् ।
बैठकमा केही नेताहरूले खुलेआम अमेरिकाप्रति आफ्नो असन्तुष्टि व्यक्त चाँहि गरे । ‘युक्रेनमा अहिले युरोपेली सेना पठाउनेबारे कुरा गर्नु अपरिपक्व मात्र होइन, अत्यन्तै गलत पनि हो । यस्ता बहसहरूबाट म त वाक्क दिक्क भइसकेको छु ।’ जर्मन चान्सलर ओलाफ स्कोल्जले भने ।
युक्रेन सम्बन्धी जिम्मेवारी अमेरिका र युरोपबिच समान रूपमा बाँडफाँड गरिनुपर्ने उनको भनाइ थियो । रोचक कुरा के छ भने स्कोल्जले चाँडै नै जर्मनीमा सत्ता गुमाउन सक्छन् । जर्मनीमा आइतबार चुनाव हुँदैछ र मतदानपूर्वका जनमत सर्वेक्षणहरूले उनको हारको सम्भावनालाई संकेत गरिरहेका छन् ।
हालै मात्र ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति पुटिनलाई भेट्न सक्ने संकेत गरेका थिए । तर उनीहरूबिचको बैठकको मिति अझै तय भएको छैन । स्टारमर अर्को हप्ता अमेरिका जाँदैछन् । युक्रेनी शान्ति वार्तामा ट्रम्पसमक्ष युरोपको पक्षलाई दृढतापूर्वक प्रस्तुत गर्छु भन्ने आशा स्टार्मरको छ ।
यद्यपि, अमेरिकाप्रति आक्रोश व्यक्त गर्ने उनी एक मात्र युरोपेली नेता भने होइनन् । अमेरिकाको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी चीनमा ध्यान केन्द्रित गर्न सकियोस् भनेर ट्रम्प सकेसम्म चाँडो युक्रेनबाट छुटकारा पाउन चाहन्छन् भन्नेमा अन्य कयौँ युरोपेली नेताहरू पनि विश्वास गर्छन् । दोस्रो विश्वयुद्धदेखि नै युरोपेली देशहरू आफ्नो रक्षा आवश्यकताका लागि अमेरिकामा निर्भर छन् ।
तर ट्रम्पले उनीहरूबाट यो सुरक्षा कवच खोस्न सक्छन् र अब उनीहरूले ट्रम्पको नीतिबाट आफूलाई जोगाउनुपर्नेछ भनेर युरोप अब चिन्तित छ । बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरको अडान अन्य युरोपेली नेताहरू भन्दा फरक थियो । उनले बेलायतले अमेरिकासँगको आफ्नो विशेष सम्बन्धको फाइदा उठाएर युक्रेन युद्धलाई लिएर हालको युरोपेली–अमेरिकी तनाव कम गर्न सक्ने संकेत गरेका थिए । स्टार्मर साउदी अरेबियामा अमेरिका र रुसबिच भएको वार्ताबाट खासै चिन्तित देखिएनन् ।
हालै मात्र ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति पुटिनलाई भेट्न सक्ने संकेत गरेका थिए । तर उनीहरूबिचको बैठकको मिति अझै तय भएको छैन । स्टारमर अर्को हप्ता अमेरिका जाँदैछन् । युक्रेनी शान्ति वार्तामा ट्रम्पसमक्ष युरोपको पक्षलाई दृढतापूर्वक प्रस्तुत गर्छु भन्ने आशा स्टार्मरको छ ।
अमेरिका आफ्ना युरोपेली सहयोगीहरूसँग दृढतापूर्वक उभिनु पर्ने उनको भनाइ छ । तर यस्तो भएन भने युरोपेली देशहरूले बारम्बार एक अर्कासँग भेटिरहनु पर्नेछ । युक्रेनको सुरक्षित भविष्यबारे सम्झौतामा नपुगुन्जेल उनीहरूले भेट्नुपर्नेछ । तर उनीहरूले यो गर्न सकेनन् भने युरोपको स्थायित्व ता नै खतरामा पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन