ट्रम्पले जेलेन्स्कीलाई किन भने ‘तानाशाह’ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि गम्भीर आरोप लगाएका छन् । ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका हुन् । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी व्यापक उपद्र मच्चाएको टिप्पणी ट्रम्पले गरेका छन् । उनले जेलन्स्कीमाथि चुनाव गर्न इन्कार गरेको आरोप समेत थोपरेका छन् ।
फेब्रुअरी २०२२ मा रुसी आक्रमण पश्चात युक्रेनमा मार्शल ल अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो । जेलेन्स्कीले साउदीमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पमाथि रुसले बनाएको गलत सूचना घेराबन्दीमा परेको आरोप लगाएका थिए । जुन वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन ।
ट्रम्पले भने युक्रेन वार्ताअघि नै पनि सम्झौता गर्न सक्थ्यो, भनी प्रतिक्रिया दिएका छन् । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युद्ध अन्त्यको वार्ताका लागि युक्रेनलाई कसैले पनि बाहिर नराखेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते