बिहीबार आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी, ० घडी ३३ पला, बिहान ६ बजेर ५२ अष्टमी । नक्षत्र–विशाखा, १० घडी ३५ पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव, ६ घडी ५५ पला, बिहान ९ बजेर २५ मिनेट उप्रान्त व्याघात । करण–बव, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १६ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४० मिनेटदेखि बिहान ८ बजेर ४ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५ मिनेटदेखि बिहान ९ बजेर २९ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर ३० मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म काल बेला ।
दिउँसो ४ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ३ मिनेटदेखि बिहान ५ बजेर ५१ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । र, पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट केही मात्रमा नाफा कमाउन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) लामो दुरीको रमाइलो व्यवसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ । र, पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेकोछ । र, पनि माया प्रेममा नजिक भई आफ्ना भावनाहरु साटासाट गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । व्यापार, उद्योग तथा शेयरबजारको लगानीबाट धन आर्जन गर्न सकिनेछ । मावली तथा आफन्तबाट आर्थिक सहयोग पाइने योग छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनसक्दा तपाईंको कामदेखि सबै खुशी हुनेछन् । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ । र, पनि व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी यात्राको अवसर जुर्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी विनै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रसंगमा माउन चाहनेहरुका यस दिन दिन टाडै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । र, पनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यमा समयस्या आई खर्च बढ्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) धर्म तथा अध्यात्म कार्यमा रुची बढ्नेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासील गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा बृद्धि हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माइतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय छ, भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
-
सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र
-
नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक
-
रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकसाथ सुनुवाइ हुने