शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा लिभरपुललाई फेरि घाटा

बिहीबार, ०८ फागुन २०८१, ०५ : ०५
बिहीबार, ०८ फागुन २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई फेरि घाटा लागेको छ । वुधबार राती भएको खेलमा एस्टन भिल्लाले २-२ को बराबरीमा रोकेर अंक खोसेसँगै लिभरपुललाई घाटा लागेको हो ।

लिगमा २६ औं चरणका खेल सुरु हुँदा लिभरपुलको यो सातौं बराबरी हो । अवे मैदानमा लिभरपुलका लागि मोहम्मद सालाह र अलेक्सान्द्र अर्नोल्डले गोल गरे । यो बराबरीपछि २६ खेलबाट लिभरपुलले ६१ अंक बटुलेको छ ।

एक खेल कम खेलेको आर्सनल ५३ अंक सहित दोस्रो स्थानमा छ भने ४७ अंक बटुलेको नटिङघम तेस्रो स्थानमा छ । म्यान्चेस्टर सिटी भने चौथो स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?