रियाल मड्रिड, पीएसजी र डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा, म्यान्सिटीको यात्रा टुंगियो

काठमाडौं । रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । वुधबार राती भएको नकाउट चरण प्लेअफ दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली अन्तिम १६ मा पुगेका हुन् ।
स्पेनी क्लब रियाल मड्रिडले इंग्लिश क्लब म्यान्चेस्टर सिटीलाई दोस्रो लेगमा ३–१ ले हरायो भने समग्रमा रियाल ६-३ ले अगाडि रहँदै अघिल्लो चरण प्रवेश गर्यो । दोस्रो लेगमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियालले सजिलै नकाउट चरण पार गरेको हो ।
उता, फ्रान्सको पेरिस सेन्ट जर्मेनले आफ्नै होम टाउनको ब्रेस्टलाई फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्यो । पहिलो लेगमा ३-० को सहज जित निकालेको पीएसजीले दोस्रो लेगमा ७-० को फराकिलो जित निकाल्दै समग्रमा १०-० को विशाल गोल अन्तरले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
जर्मनीको बोरुसिया डर्टमण्ड दोस्रो लेगमा बराबरीले सम्हालिदै अन्तिम १६ मा पुगेको छ । नकआउट चरण प्लेअफको पहिलो लेग ३-० ले जितेको डर्टमण्डले वुधबार राती पोर्चुगलको स्पोर्टिङ सीपीसँग गोल रहित बराबरी खेलेको हो । योसँगै च्याम्पियन्स लिगमा प्लेअफबाट अन्तिम १६ मा पुग्ने आठ टोलीको टुंगो लागेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
-
सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र