रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. नेपाली छात्रा मृत्यु प्रकरण
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् । त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।
. सरकारको काम
सरकारले ६ महिनाको अवधिमा लक्ष्यको ४.२ प्रतिशत मात्रै काम गरेको छ । जबकि आर्थिक वर्ष (८०–८१) को यही अवधिमा ८.५ तथा ०७९/८० मा ११(२ प्रतिशत थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयसहित २८ सरकारी निकायको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणअनुसार यस्तो पाइएको हो ।
३. पूर्वराजाको अभिव्यक्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधवार सो पार्टीका महामन्त्री डा।धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् ।
४. अनुदान रोक्का
दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पका धेरैजसो निर्णयहरू चर्चामा छन् । पदभार ग्रहण गर्नुअगावै विभिन्न देशहरूमाथि कर लगाउने र आप्रवासनसहितका क्षेत्रमा कडा नीति ल्याउने घोषणा गरेका ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको आरम्भकै दिन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, जसले विश्वर तरंग उत्पन्न गराइदियो ।
५. घरेलु कामदार
संयुक्त अरब इमिरेट्स (यूएई) मा पाँच हजार नेपाली घरेलु कामदार पठाइने भएको छ । पाइलट प्रोजेक्टको रूपमा नेपाली कामदारलाई घरेलु काम (डोमेस्टिक वर्कर) का लागि लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
६. प्रजातन्त्र दिवस
आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ ।
७. मधेस प्रदेशको स्वास्थ्य
पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दर नेपालमा प्रतिहजारमा ३३ रहँदा मधेस प्रदेशमा ४३ छ । नवजात शिशुको मृत्यु दर नेपालमा प्रतिहजारमा २१ हुँदा मधेस प्रदेशमा २७ छ । बालबालिकाको पूर्ण खोप दर नेपालमा ८० प्रतिशत हुँदा मधेस प्रदेशमा ६८ प्रतिशत छ । किशोरावस्थाको प्रजनन् दर नेपालमा प्रतिहजार ६३ रहँदा मधेसमा ९६ छ । दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति दर नेपालमा ८०।१ हुँदा मधेस प्रदेशमा ६८ छ ।
८. १५ औँ महाधिवेशन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रिया २०८३ साउनबाट मात्रै सुरु गर्ने आन्तरिक तयारी छ । सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सभापति बन्दा साथ दिएका नेताहरूलाई १५ औँ महाधिवेशनको प्रक्रिया ०८३ को साउनपछि मात्रै सुरु गर्ने जानकारी गराएका छन् ।
९. माओवादीको अभियान
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान झापाको कचनकवलबाट सुरु हुने भएको छ । फागुन १२ गते कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
१०. अनुसन्धान
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका रिंकु सदायको बलात्कारपछि भएको मृत्युको घटनाले विस्तार रूप लिँदैछ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यस्तोमा विभिन्न राजनीतिक दलका नेता तथा संघ संगठनका प्रतिनिधिहरू पीडितको घरमा पुगिरेहका छन् । घटना भएको दुई हप्ता बित्न लाग्दा पनि दोषी पक्राउ परेका छैनन् ।
११. कुँवरलाई जिम्मेवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले विदेशमा रहेका शाखाका रुपमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको निर्वाचनका लागि विनोद कुँवरलाई संयोजक तोकेको छ । सर्वोच्चको फैसलाअनुसार आफूहरुले एकताको महाधिवेशन गराउन लागेको र सोहीअनुसार एनसीसीहरुमा निर्वाचन गराउनका लागि कुँवरलाई संयोजक तोकेको उच्चस्तरीय समितिका संयोजक शेष घलेको भनाइ छ ।
१२. ट्रम्प
पछिल्लो समय अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा आफूलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। त्यसपछि अमेरिकी डोनाल्ड ट्रम्पले पनि जेलेन्स्कीलाई निशाना बनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिजरमा यस्तो देखियो हरिवंश अभिनीत फिल्म ‘भूठान’
-
एकीकृत समाजवादीमा निराशा, हतासा, अन्योल र पलायनको समस्या
-
एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?
-
फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ हुने
-
केराउको एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान
-
जेलेन्कस्कीसँग निराश छन् ट्रम्प, खनिज सम्झौता गर्नुपर्ने