राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् ।
उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए ।
‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, बुधबार रातोपाटीसँग कुरा गर्दै लिङ्देनले भने, ‘त्यस कारण अहिले समयले नै के प्रमाणित गर्यो भने राजसंस्था हटेर देशलाई के फाइदा भयो ? देशले धेरै नोक्सान बेहोर्नुपरेको अवस्थामा राजालाई कुनै न कुनै स्पेस दिएर अघि बढ्दा सबैको हित र कल्याण हुन्छ ।’
उनले राजसंस्थालाई साथ दिनेहरू सबै समय क्रमसँगै एक ठाउँमा आउने समेत जिकिर गरे । उनले राजसंस्था राजनीतिक दलभन्दा माथि हुने तर्क गर्दै पूर्वराजा आफैँ राजनीतिमा आउन नहुने पनि बताए ।
‘चुनावी राजनीतिमा राजा आउनु हुँदैन । हाम्रो परिकल्पनाको राजसंस्था चुनावी राजनीतिभन्दा माथिको उठेको संस्था हो । जुन राजसंस्था भोलि स्थापना भयो भने त्यो राप्रपाको मात्र हुँदैन, कांग्रेस, एमाले, माओवादीको र देशको अभिभावकीय संस्था हुनेछ । मुकुट हुँदा या नहुँदा राजा दलीय राजनीतिभन्दा माथि हुनुपर्छ’, उनले भने। उनले राप्रपाले राजसंस्थासहितका आफ्नो एजेन्डाको पक्षमा निरन्तर आवाज उठाउने पनि बताए ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको भिडियो सन्देशमा वर्तमान व्यवस्थाप्रति कटाक्ष गरिएको छ । पूर्वराजाले अब समय आएको र राष्ट्र जोगाउने हो भने साथ दिन देशवासीलाई आह्वान गरेका थिए ।
शाहको भनाइ थियो, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’ पूर्वराजाको उक्त अभिव्यक्तिपछि राजावादी उत्साहित देखिएका छन् । लिङ्देनसँगकाे अन्तरवार्ता -
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते