१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित

आज २०८१ फागुन ७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- नेपाली छात्रा मृत्यु प्रकरण
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् । त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।
- सरकारको काम
सरकारले ६ महिनाको अवधिमा लक्ष्यको ४.२ प्रतिशत मात्रै काम गरेको छ । जबकि आर्थिक वर्ष ०८०/८१ को यही अवधिमा ८.५ तथा ०७९/८० मा ११.२ प्रतिशत थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयसहित २८ सरकारी निकायको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणअनुसार यस्तो पाइएको हो ।
- पूर्वराजाको अभिव्यक्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधवार सो पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् ।
- अनुदान रोक्का
दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पका धेरैजसो निर्णयहरू चर्चामा छन् । पदभार ग्रहण गर्नुअगावै विभिन्न देशहरूमाथि कर लगाउने र आप्रवासनसहितका क्षेत्रमा कडा नीति ल्याउने घोषणा गरेका ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको आरम्भकै दिन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, जसले विश्वर तरंग उत्पन्न गराइदियो ।
- घरेलु कामदार
संयुक्त अरब इमिरेट्स (यूएई) मा पाँच हजार नेपाली घरेलु कामदार पठाइने भएको छ । पाइलट प्रोजेक्टको रूपमा नेपाली कामदारलाई घरेलु काम (डोमेस्टिक वर्कर) का लागि लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
- प्रजातन्त्र दिवस
आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ ।
- मधेस प्रदेशको स्वास्थ्य
पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दर नेपालमा प्रतिहजारमा ३३ रहँदा मधेस प्रदेशमा ४३ छ । नवजात शिशुको मृत्यु दर नेपालमा प्रतिहजारमा २१ हुँदा मधेस प्रदेशमा २७ छ । बालबालिकाको पूर्ण खोप दर नेपालमा ८० प्रतिशत हुँदा मधेस प्रदेशमा ६८ प्रतिशत छ । किशोरावस्थाको प्रजनन् दर नेपालमा प्रतिहजार ६३ रहँदा मधेसमा ९६ छ । दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति दर नेपालमा ८०.१ हुँदा मधेस प्रदेशमा ६८ छ ।
- १५ औँ महाधिवेशन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रिया २०८३ साउनबाट मात्रै सुरु गर्ने आन्तरिक तयारी छ । सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सभापति बन्दा साथ दिएका नेताहरूलाई १५ औँ महाधिवेशनको प्रक्रिया ०८३ को साउनपछि मात्रै सुरु गर्ने जानकारी गराएका छन् ।
- माओवादीको अभियान
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान झापाको कचनकवलबाट सुरु हुने भएको छ । फागुन १२ गते कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
- सरकारको काम
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका रिंकु सदायको बलात्कारपछि भएको मृत्युको घटनाले विस्तार रूप लिँदैछ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यस्तोमा विभिन्न राजनीतिक दलका नेता तथा संघ संगठनका प्रतिनिधिहरू पीडितको घरमा पुगिरेहका छन् । घटना भएको दुई हप्ता बित्न लाग्दा पनि दोषी पक्राउ परेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा पाँच अर्ब ३४ करोड राजस्व सङ्कलन
-
हुथीमाथि आक्रमण योजनाको ग्रुप च्याट लिक गर्ने पत्रकार ‘ट्रम्प विरोधी’ घोषित
-
चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर
-
आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी
-
१२ बजे, १२ समाचार : फेरि बढाइयो सिमेन्टको मूल्यदेखि सडक प्रदर्शनबीच हितेन्द्रको दोस्रो इनिङ्ससम्म
-
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त