शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

माओवादीले कसैको बैसाखी टेक्नु पर्दैन : सचिव खनाल

बुधबार, ०७ फागुन २०८१, २० : ४७
बुधबार, ०७ फागुन २०८१

बुटवल । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ले अब माओवादीले कसैको बैसाखी टेक्नु नपर्ने बताएका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताए ।

सचिव खनालले २०६४ सालको निर्वाचनमा जनताले देखाए पनि आफ्नो कमजोरीका कारण कांग्रेस र एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे ।  माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सुरु गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घराना समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको उनले बताए ।

सचिव खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप