राजेन्द्र लिङ्देनले भने– पूर्वराजाको सन्देशले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने हाम्रो एजेण्डामा बल पुर्यायो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनर्स्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पुर्याएको बताएका छन् ।बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले आफूहरू समयदेखि राजसंस्थाको पुनर्स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताए । उनले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए ।
अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत बताए । उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरूबिच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।
उनले भने, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनर्स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौँ । त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौँ ।’
अध्यक्ष लिङ्देनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनका लागि एनआरएनए सदस्यता नवीकरणको म्याद एक साता थप
-
नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग छः पूर्वप्रधानमन्त्री देउवा
-
सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः नेपाली प्रहरी
-
राजा फर्काउने अभियानले एकै मिनेटमा गलत बाटो लिएपछि...
-
रास्वपा गणतन्त्रवादी हो, यसमा शङ्का नगरियोस् : सन्तोष परियार
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति