लाज शरणम् विवाद : माग्ने बुढा भन्छन्, ‘क्यारिकेचर पेसा ‘लोपोन्मुख’ होला जस्तो छ’
बुधबार, ०७ फागुन २०८१, १९ : ५४

काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ले क्यारिकेचर पेसा पनि अब ‘लोपोन्मुख पेसा’ हुन सक्ने बताएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचारमा अदालतले रोक लगाएपछि उनले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘क्यारिकेचर गर्ने पेसा पनि अब लोपोन्मुख पेसा होला जस्तो छ । नमिले फ्लप, मिले लफडा ।’
उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले मंगलबार चलचित्रको प्रचारमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो । कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण