उडिसाका मुख्यमन्त्रीले गरे नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आग्रह

काठमाडौँ । भारतको उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् ।
उनले नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै सो आग्रह गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
मृतक केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए ।
केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न उडिसाका मन्त्री मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज आहुजाले नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरेका थिए । साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा त्यहाँका मन्त्री सूर्यवंशी सुरजसँग फोन वार्ता गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
-
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति
-
सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?
-
फिल्म ‘११: ५५’ को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो