तराई-मधेस जागरण अभियानको तयारीलाई तीव्रता दिँदै माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियानको तयारीलाई तीव्रता दिएको छ ।
हुलाकी सडक हुँदै हुने सो अभियान फागुन १२ गते झापामा उद्घाटन हुनेछ । समापन चैत ७ गते कन्चनपुरमा हुने माओवादी केन्द्रले जनाएको छ । सो अभियानको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हुलाकी सडकमा आठ दिनसम्म रहने जनाइएको छ ।
मधेसका आठ जिल्लामा एक-एक दिन प्रचण्डले बिताउने कार्यक्रम रहेको माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज मातृका यादवले बताए ।
कार्यक्रम सफल बनाउन मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरू तीव्र तयारीमा जुटेका छन् । जिल्ला जिल्लामा बैठक बस्नुको साथै स्थानीयस्तरमा पनि त्यसको तयारी भइरहेको इन्चार्ज यादवको भनाइ छ ।
मधेस प्रदेशका जिल्ला तथा गाउँ-गाउँमा प्रचण्डलाई कसरी स्वागत गर्ने, कार्यक्रमलाई कसरी सफल बनाउने, बढीभन्दा बढी कार्यकर्ता कसरी भेला गर्ने विषयमा छलफल चलिरहेको छ । अध्यक्ष प्रचण्ड फागुन १५ गते सप्तरी पुग्ने कार्यक्रम छ । राति सप्तरीमा उनको बास हुनेछ भने फागुन १६ गतेदेखि मधेस प्रदेशको अभियान औपचारिक रूपमा सञ्चालन हुने बताइएको छ ।
सिरहामा १७ गते, धनुषामा १८ र महोत्तरीमा १९ गते कार्यक्रम हुने तय भएको छ । फागुन २० गते अध्यक्ष प्रचण्ड थारू मोर्चाको सम्मेलन उद्घाटन गर्न कैलालीको टीकापुर जानुपर्ने भएकाले फागुन २० गते एक दिन कार्यक्रम नहुने बताइएको छ ।
फागुन २१ सर्लाही, २२ रौतहट, २३ गते बारा र २४ गते पर्सामा कार्यक्रम समापन हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?