गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद
बुधबार, ०७ फागुन २०८१, १८ : १५
काठमाडौँ । प्रहरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद गरेको छ । विमानस्थलको शौचालयमा बेवारिसे अवस्थामा दुईवटा सिक्री भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।
शौचालयमा फेला परेको सुनसँगै रियाज अहमदको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बिल पनि फेला परेको एसएसपी जिसीले बताए ।
बरामद सुन आवश्यक कारबाहीको लागि प्रहरीले गौतम बुद्ध विमानस्थल भन्सार कार्यालय भैरहवामा बुझाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिजरमा यस्तो देखियो हरिवंश अभिनीत फिल्म ‘भूठान’
-
एकीकृत समाजवादीमा निराशा, हतासा, अन्योल र पलायनको समस्या
-
एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?
-
फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ हुने
-
केराउको एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान
-
जेलेन्कस्कीसँग निराश छन् ट्रम्प, खनिज सम्झौता गर्नुपर्ने