शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको भ्यु टावरमा प्राधिकरणले  विद्युत लाइन काट्यो

बुधबार, ०७ फागुन २०८१, १८ : १०
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण गरिरहेको भ्यु टावरमा विद्युत् प्राधिकरणले बिजुली काटेको छ । राजधानीको रत्नपार्कस्थित प्राधिकरणसँगै जोडिएको निर्माणाधीन भ्यु टावरमा बिजुली काटिएको हो । 

भ्यु टावर निर्माणमा कार्यरत मजदुरहरूका अनुसार विगत १५ दिनदेखि त्यहाँ बिजुली काटिएको हो । पार्किङमा समेत बत्ती नहुँदा मोबाइलको बत्ती बालेर निस्कनुपर्ने अवस्था रहेको उनीहरूले बताए ।

भवन रेखदेख गर्न बसेका कर्मचारीहरूले पानी र बिजुली नहुँदा सास्ती खेपिरहनुपरेको बताएका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा विद्युत् प्राधिकरण श्रोतसँग सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप