जोगवनी नाका हुँदै केआईआईटीका ७५ विद्यार्थी नेपाल फर्किए

विराटनगर । भारत उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत ७५ जना विद्यार्थी विराटनगरको जोगवनी नाका हुँदै नेपाल फर्किएका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भारतमा बसेर पढ्ने विद्यार्थी घर फर्कन थालेका हुन् ।
जोगवनी नाका हुँदै बुधबार साँझसम्ममा ७५ जना विद्यार्थी घर फर्केको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । यसरी फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११ जना, काठमाडौँ र सिराहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना रहेका छन् ।
शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ