कांग्रेसका फाल्गुनन्द गाउँपालिका सभापति नेम्वाङको निधन
बुधबार, ०७ फागुन २०८१, १६ : ५५

काठमाडौँ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधवार ५६ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ हजार वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने काठमाडौँ महानगरको तयारी, काम धमाधम
-
फ्राइडे रिलिज : फिल्म हलमा ‘ताण्डवम्’
-
अनुपम घलान स्मृति फुटबल: वडा नम्बर १२, १५ र १९ सेमिफाइनलमा
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
-
बागमतीमा ८६ प्रतिशत किशोरीले मात्रै लगाए एचपीभी खोप