एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिए शुभमन गिल र महिश थिक्सना

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधबारदेखि सुरु भएको छ । ‘मिनी विश्वकप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफी सुरु हुनुअघि घोषित आईसीसी एकदिवसीय वरीयतामा भारतका युवा ब्याट्सम्यान शुभमन गिल र श्रीलंकाली बलर महिश थिक्सना पहिलो स्थानमा उक्लिएका छन् ।
शुभमन गिल एकदिवसीय ब्याटिङ वरीयताको पहिलो स्थानमा उक्लिएका हुन् । यसअघि ब्याटिङ वरीयताको पहिलो स्थानमा पाकिस्तानका पूर्वकप्तान बाबर आजम रहेका थिए । नयाँ वरीयतामा बाबर आजम दोस्रो स्थानमा खस्किएका छन् ।
एकदिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतीय टोलीका कप्तान रोहित शर्मा छन् । ब्याटिङ वरीयताको चौथो स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन र पाँचौँ स्थानमा न्युजिल्यान्डका ड्यार मिचेल रहेका छन् ।
यसैगरी, पछिल्लो एकदिवसीय बलिङ वरीयतामा श्रीलंकाका महिश थिक्सना पहिलो स्थानमा उक्लिएका हुन् । यसअघिको बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान पहिलो स्थानमा थिए । उनी नयाँ वरीयतामा दोस्रो स्थानमा झरेका छन् ।
पछिल्लो एकदिवसीय बलिङ वरीयताको तेस्रो स्थानमा नामिबियाका बेनार्ड स्कोल्ज रहेका छन् । उक्त वरीयताको चौथो स्थानमा भारतका कुलदीप यादवले कब्जा जमाएका छन् । वरीयताको पाँचौँ स्थानमा भने पाकिस्तानका साहिन शाह अफरिदी रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म