६ जना मृत अवस्थामा फेला
बुधबार, ०७ फागुन २०८१, १६ : १४

काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सुनसरी, धरान उपमहानगरपालिका-६ सुनौलो बस्ती बस्ने ४२ वर्षीय रोशन विश्वकर्मा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- गोरखा, अजिरकोट गाउँपालिका-४ थरथरे भिर पाखामा सोही गाउँपालिका-२ खरिबोट सिरानडाँडा बस्ने ८० वर्षीय छेङि लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- इलाम, माङसेबुङ गाउँपालिका-३ फुलुङगेस्थित माईखोलामा सोही गाउँपालिका-२ पावा बस्ने ७१ वर्षीय लालमान राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, कमल गाउँपालिका-४ चुलाचुलि मोडस्थित नालाको डिलमा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय अर्जुन लिम्बु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ४७ वर्षीय दिनेश कुमार पुरी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मालबाँसेस्थित जंगलको घोर्ले भिरमा सुनसरी धरान उपमहानगरपालिका-१२ चतारा लाइन बस्ने ५७ वर्षीया सन्च माया तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति