सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बुधबार, ०७ फागुन २०८१, १६ : ११
![सवारी दुर्घटनामा तीन जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/accident_OynmnXhbfw.jpg)
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
- काठमाडौँ महानगरपालिका-१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौँ डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, बैजनाथ गाउँपालिका-१ पन्ध्र नम्बर मोड नजिक सडकमा जुम्लादेखि नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४७१ नम्बरको मिनी बस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार भारत बिहार घर भएका उमेश शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा सोही गाउँपालिका-४ टुपबोटबाट दारबोटतर्फ जाँदै गरेको ना.८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-५ बस्ने ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मशाला उद्घाटनका लागि राष्ट्रपति पौडेल आज धरान आउने
-
‘बिहेपछि सिरियस भएँ, अभिनयमा आफूलाई प्रमाणित गर्नु थियो’
-
जनकपुरको सुधार केन्द्रमा युवकको मृत्यु, परिवारद्वारा छानबिनको माग
-
एकानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
-
प्रतिष्ठान र परिसङ्घबिच सहकार्यको समझदारी
-
बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'