काठमाडौँमा किशोरीमाथि जबरजस्ती करणी
बुधबार, ०७ फागुन २०८१, १६ : ०८

काठमाडौँ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
उता, बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरको एक सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग
-
एकानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
-
प्रतिष्ठान र परिसङ्घबिच सहकार्यको समझदारी
-
बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'
-
भाषामा अल्झिरह्यो प्रदेश सरकार
-
ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय