सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै लाखौँ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।
पक्राउ मध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रुपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव