१४ लाख ३० किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १४ लाख ३० हजार किशोरीले खोप लगाएका छन् । सरकारले गत माघ २२ गतेदेखि फागुन ६ गतेभित्र १४ लाख ३० हजार किशोरीले खोप लगाएका हुन् ।
दुई सातको अभियानमा सरकारले अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको थियो । तर सो मार्फत करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका हुन् । कारणवश खोप लगाउन छुटेका र लगाउन खोज्नेलाई खोप लगाइदिने स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
उनले सबै ठाउँबाट खोप लगाएको रिपोर्ट आउन नसकेको पनि दाबी गरे । हिमाली क्षेत्रमा हिउँ परेका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङ खोप लगाउन नसकेको उनले बताए । फागुनको अन्त्यसम्म खोप लगाइने उनले बताए ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने