नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने– फ्रड हो

काठमाडौँ । दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेयता डोनल्ड ट्रम्प एक्शनमा छन् ।
जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेबारे थियो । केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको घोषणा गरेको थियो ।
यस क्रममा डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोकेको थियो । यसैबिच ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण खुलाएका छन् । अनेक शीर्षकमा दिँदै आएका यी रकमलाई उनले ठगी भनेका छन् ।
डजले वित्तीय संघीयताका लागि दिँदै आएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ रोकेको थियो । ‘यो फ्रड हो,’ पत्रकारहरू समक्ष बोल्ने क्रममा ट्रम्पले भने ।
ट्रम्पले अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा यो अभिव्यक्ति दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसअघि डजले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ । अमेरिकाले भारतलाई निर्वाचन साक्षरताका लागि दिँदै आएको २ करोड १० लाख डलर पनि रोकेको थियो । भारतलाई हामी किन पैसा दिइरहेका छौँ, उनीहरूसँग टन्नै पैसा छ भनेर ट्रम्पले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ?
-
चैत शुक्लपक्ष सुरु भएसँगै मिथिला पर्वमय