शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

बुधबार, ०७ फागुन २०८१, १५ : २९
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक जारी छ । केन्द्रीय कार्यालय आलोक नगरमा पोलिटब्युरो बैठकले बसिरहेको हो ।

बैठकमा स्थायी कमिटी बैठकले पारित गरेका विभिन्न प्रतिवेदनहरूमाथि छलफल भइरहेको नेताहरूले बताएका छन् । स्थायी कमिटी र पोलिटब्युरो बैठकपछि भोलिबाट सो पार्टी केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । 

यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।  बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ। उक्त प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तत्कालीन कार्य योजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो । 

बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप