शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा

बुधबार, ०७ फागुन २०८१, १४ : ५८
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैङ्किङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्नेहरूको संख्या बढेको बताएका छन् । उनले बैङ्कहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैङ्किङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको बताए । बुधवार उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले बैङ्कको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’

उनले बैङ्किङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे । उनले बैङ्किङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता दिनु पर्ने बताए । उनले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए । उनले बैङ्कमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् । 

थापाले बैङ्किङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्विकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप