शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

जीमेल तथा सामाजिक सञ्जालमा तपाईंको पासवर्ड कति बलियो छ ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड

बुधबार, ०७ फागुन २०८१, १४ : ५०
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । सूचना तथा प्रविधिको युगमा धेरैजसोले जीमेल, फेसबुक, एक्स, इन्स्टाग्राम लगायतका प्लेटफर्म प्रयोग गर्दछन् ।

ती प्लेटफर्ममा आफ्नो अकाउन्टलाई ‘पासवर्ड’ले सुरक्षित राखिन्छ तर त्यही पासवर्ड नै असुरक्षित भएर कतिपयले क्षति व्यहोर्नु परेको छ ।

हालै साइबर सुरक्षा सम्बन्धी एउटा नयाँ अध्ययन बाहिर आएको छ । यसले सजिलै ह्याक गर्न सकिने पासवर्ड कस्ता हुन्छन् भनेर चित्रण गरिदिएको छ ।

वेबसाइट सेवा प्रदायक ‘नोन होस्ट’ नामक एउटा कम्पनीले कमजोर पासवर्डबारे जानकारी सार्वजनिक गरेको हो । जसअनुसार सबैभन्दा कमजोर पासवर्ड रोमन अंकमा ‘१२३४५६’ र ‘पासवर्ड’कै अङ्ग्रेजी ‘स्पेलिङ’ हो ।

यी दुवैमध्ये कुनै पासवर्ड तपाईंले आफ्नो जीमेल, फेसबुक, ट्वीटर वा अन्य कुनै सामाजिक सञ्जालको अकाउन्टमा राख्नुभएको छ भने सावधान हुनुस्, तपाईंको अकाउन्ट ह्याक हुन सक्छ ।

‘डेटा ब्रिच’का लागि यी दुवै पासवर्ड निकै सहज हुने गरेको सो अध्ययनको निष्कर्ष छ । ‘डेटा ब्रिच’ कुनै व्यक्ति, संगठन या कम्पनीको संवेदनशील जानकारीमा अनुमतिविना पहुँच बनाउनु हो ।

यी हुन् सबैभन्दा कमजोर १० पासवर्ड

(१) १२३४५६ (रोमन अंक)

(२) १२३४५६७८९ (रोमन अंक)

(३) १२३४ (रोमन अंक)

(४) १२३४५६७८ (रोमन अंक)

(५) १२३४५ (रोमन अंक)

(६) पासवर्ड (अंग्रेजीमा)

(७) ११११११ (रोमन अंक)

(८) एडमिन (अंग्रेजीमा)

(९) १२३१२३ (रोमन अंक)

(१०) एबीसी१२३ (अंग्रेजी र रोमन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप