शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

छापिएको विधानप्रति झलनाथ खनालको असन्तुष्टि

बुधबार, ०७ फागुन २०८१, १४ : ४१
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भर्खर छापिएको पार्टी विधानप्रति असन्तुष्टि जनाएका छन् । सोही असन्तुष्टिका कारण खनालले मङ्गलवारको स्थायी कमिटी र बुधवारको पोलिटब्युरो बैठकमा मञ्चमा बस्न नै अस्वीकार गरेका छन् ।

गत असारमा सम्पन्न औँ महाधिवेशनले खनाललाई सर्वसम्मत सम्मानित नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसबेला महाधिवेशन हलले खनाललाई सम्मानित नेतासहित अध्यक्षमा माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई पनि निर्वाचित गरेको थियो । तर छाएको पार्टी विधानमा भने सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको भनेर लेखिएको भेटाएपछि खनालले असन्तुष्टि जनाएका हुन् ।

‘खासमा विधानप्रति खनालको असन्तुष्टि थियो’, एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने, ‘महाधिवेशनले सम्मानित नेता निर्वाचित गरिसकेको अवस्थामा छापिएको विधानमा भने केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको छ लेखिएको रहेछ ।’

सोही असन्तुष्टिका कारण खनाल बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा पनि मञ्चमा नगएपछि उपस्थित बहुमत सदस्यहरूले सम्मानित नेता महाधिवेशनबाटै निर्वाचित भएको भनेर हुटिङ गरेका थिए । त्यसपछि मात्र खनाल मञ्चमा बस्न पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप