शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

बुधबार, ०७ फागुन २०८१, १४ : ३०
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । 

सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ । आजदेखि काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग,  हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ । 

handi-gau-way (1)

विशाल नगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।

हाँडी गाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी ठाउँ ठाउँमा ‘वान वे’ को बोर्ड राखिएको छ ।

handi-gau-way (3)

ढुंगेधाराबाट हात्ती महाङ्कालतर्फ पनि प्रवेश निषेध गरिएको छ भने वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ पनि प्रवेश निषेध गरिएको छ । बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

handi-gau-way (8)handi-gau-way (9)handi-gau-way (10)handi-gau-way (11)handi-gau-way (12)handi-gau-way (13)handi-gau-way (14)handi-gau-way (15)handi-gau-way (16)handi-gau-way (17)handi-gau-way (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप