शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवा बिहीबार भारतको प्रयागराज जाने

बुधबार, ०७ फागुन २०८१, १४ : २३
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जाने भएका छन् । 

देउवाको सचिवालयका अनुसार देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 

प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो ।  युपीका मुख्यमन्त्री योगी आदित्यनाथ योगी सहभागी हुने कार्यक्रममा देउवा सहभागी हुन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप