विवादित दिलशोभा श्रेष्ठलाई मानवसेवा तथा समाजसेवा पुरस्कार

काठमाडौँ । सरकारले विवादित ‘श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (आमा घर) की सञ्चालिका दिलशोभा श्रेष्ठलाई मानवसेवा तथा समाजसेवा पुरस्कार दिने घोषणा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गर्दा श्रेष्ठलाई मानवसेवा तथा समाजसेवा पुरस्कार दिने घोषणा गरिएको हो ।
श्रेष्ठले सञ्चालन गरेको आमा घरले सम्बन्धित निकायबाट अनुमति नलिई बालगृह सञ्चालन गरेको भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र त्यो उजुरीबारे छानबिन गर्न भन्दै पठाइएको पत्रको बोधार्थ पठाएको राष्ट्रिय मानव अधिकार आयोगले २०७१ जेठ ८ गते सार्वजनिक गरेको ‘आमा घर’ मा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकहरूको मानव अधिकार अवस्था अनुगमन सम्बन्धी संक्षिप्त प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा श्रेष्ठले सञ्चालन गरेको ‘श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (‘आमा घर’) ले आवासीय बालगृह सञ्चालन गर्न कानुन बमोजिम स्वीकृति नलिई तथा तोकिएको मापदण्ड पूरा नगरी बालबालिकाहरू राखेको हुँदा कानुनी प्रक्रिया पूरा नगरी बालबालिका नराख्न निर्देशन दिने उल्लेख गरिएको छ ।
प्रशासनमा आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेको लगायत आरोपसँगै एकतर्फी फोनसंवादको रेकर्ड संलग्न गरी आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो। प्रशासनमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान तयार पारेको प्रतिवेदनमा अवैध रूपमा बालगृह सञ्चालन गरेको, आमाघरमा राख्न पठाएका चार बालबालिका फेला नपरेको, संस्थामा आएका सहयोग सामग्री बेचबिखन हुने गरेको उल्लेख थियो । बालगृहमा राख्न भनी ल्याइएका बालबालिकालाई बाहिर पठाएको, शारीरिक यातना दिने गरेको र म्याद सकिएका अखाद्य तथा गुणस्तरहीन खानेकुरा खुवाउने गरेको समेत प्रहरी अनुसन्धानमा पुष्टि भएको थियो । आमा घरमा यौन दुराचार हुने गरेको आरोप भने पुष्टि हुन नसकेको प्रहरीले प्रतिवेदनमा खुलाएको थियो ।
आयोगको त्यो प्रतिवेदनमा २०७० साल फागुन १३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति काठमाडौँ, महानगरीय प्रहरी वृत्त काठमाडौँ समेतको उपस्थितिमा समन्वयमा भएको बैठकले आमा घरमा आश्रित बालबालिकाहरूलाई गैरकानुनी रूपमा वृद्धाश्रममा राखिएको र बालबालिकाहरू जोखिमयुक्त अवस्थामा रहेको भन्ने पटक पटकको अनुगमनबाट देखिएको हुँदा बालबालिकाहरूलाई तत्काल स्थानान्तरण गर्ने निर्णय गरेको उल्लेख छ ।
त्यहाँबाट स्थानान्तरण गरिएका ३४ बालबालिका र एक सुस्त मनस्थितिकी बालिका गरी ३५ जनालाई केन्द्रीय बाल कल्याण समितिको पहलमा ललितपुरस्थित ‘सानो पाइला’ नामक संस्थामा राखिएको थियो ।
आयोगले प्रतिवेदनमा आमाघरको नामले परिचित गुठीको विधानमा बालगृह सञ्चालन गर्ने कुनै प्रावधान नभएको, बाल कल्याण समितिबाट आवासीय बालगृह सञ्चालन गर्ने कानुनी अनुमति नलिएको तथा केन्द्रीय बाल कल्याण समितिले तोकेको आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ को समेत पालना नभएकोले प्रथमा दृष्टिमा नै बालबालिका राख्नु गैरकानुनी कार्य भएको उल्लेख गरेको छ ।
अहिले त्यही संस्थाकी सञ्चालिका श्रेष्ठलाई सरकारले पुरस्कार दिने घोषणा गरेको छ ।
- यस्तो छ आयोगको प्रतिवेदन :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
-
ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना