म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी टेस्लाका सिइओ अनि सरकारको दक्षता विभाग (डज) का प्रमुख एलन मस्कले आफूलाई राष्ट्रपति ट्रम्पको प्राविधिक सहयोगीको रूपमा वर्णन गरेका छन् ।
कर्मचारीतन्त्रका कारण ट्रम्पका कार्यकारी आदेशहरू कार्यान्वयन हुन नसकिरहेको भन्दै मस्कले अमेरिकी कर्मचारीतन्त्र माथि गम्भीर आरोप लगाए । कर्मचारीतन्त्रले जनताको इच्छा विपरीत काम गरेको आरोप उनको थियो ।
ट्रम्पको तारिफमा यस्तो भन्छन् मस्क
‘मलाई राष्ट्रपति राम्रो लाग्छन् । राष्ट्रपति ट्रम्प एक असल मानिस हुन् । उनलाई मिडियाले गलत तरिकाले निशाना बनाएको थियो । म राष्ट्रपतिसँग धेरै समय बिताउँछु र मैले एक पटक पनि उनले कुनै गलत वा निर्दयी काम गरेको देखेको छैन ।’
एक प्रमुख अमेरिकी मिडिया च्यानलमा सँगै अन्तरवार्ता दिइरहँदा ट्रम्पको प्रशंसा गर्दै मस्कले भने ।
आफू ट्रम्पलाई प्राविधिक सहयोग प्रदान गर्न मात्रै आएको पनि उनले बताए । ‘म प्रविधिको जानकार व्यक्ति हुँ र अनि मैले कोसिस गरिरहेको छु कि प्रविधिमार्फत यो संसार बनाउन सकियोस् । म राष्ट्रपतिलाई प्रविधिको मामिलामा सहयोग गर्दैछु । यो एकदमै महत्त्वपूर्ण कुरा हो । राष्ट्रपतिले देशका लागि राम्रो हुने धेरै कार्यकारी आदेशहरू जारी गरेका छन्, तर ती सबै कार्यान्वयन भइरहेका छैनन्’ उनले भने ।
‘लोकतन्त्रमा होइन, कर्मचारीतन्त्रमा बाँचिरहेका छौँ’
ट्रम्पले अमेरिकी जनताको करको पैसा प्रयोग गरेर अवैध आप्रवासीहरूलाई होटलहरूमा राख्न प्रतिबन्ध लगाएको तर उनको आदेश अझै कार्यान्वयन नभएको मस्कले बताए । मस्कले भने, ‘राष्ट्रपतिको कार्यकारी आदेशको उल्लङ्घन बन्द हुनुपर्छ र राष्ट्रपतिको आदेश कार्यान्वयन भएको सुनिश्चित गर्नु सरकारी दक्षता विभागको काम पनि हो ।’
राष्ट्रपति जनताद्वारा निर्वाचित भएको तर कर्मचारीतन्त्रले जनताका भावनाविरुद्ध काम गरिरहेको पनि उनले बताए । कर्मचारीतन्त्रले राष्ट्रपतिको आदेश कार्यान्वयन हुनबाट रोकिरहेको र यसको अर्थ उनीहरूले जनताको भावनाविरुद्ध काम गरिरहेको पनि उनले भने । अहिलेको अवस्था हेर्दा आफूहरू लोकतन्त्रमा नभएर कर्मचारीतन्त्र प्रणालीमा बाँचिरहेका पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन