केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य तर, नेपाली विद्यार्थी होस्टेल गएनन्

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । अहिले विश्वविद्यालयको अवस्था भने सामान्य बन्दै गएको विद्यार्थीहरूले जनाएका छन् ।
एक नेपाली विद्यार्थीका अनुसार विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । तर, धेरै नेपाली विद्यार्थीहरू विश्वविद्यालय तथा होस्टेल गएका छैनन् । एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययन गर्दै आएको हाल ३० देखि ३५ जनाको हाराहारीमा मात्रै होस्टेल फर्किएको ती विद्यार्थीको भनाई छ ।
केही विद्यार्थी रक्सौल नाका हुँदै वीरगन्ज पुगेका छन् । कतिपय विद्यार्थीहरू उडिसाकै होटल तथा भारतमा रहेका आफन्तहरूको घरमा समेत बसेका छन् । ‘अहिले त अवस्था सामान्य जस्तै छ । तर ३०/३५ जना मात्रै होस्टेल गएका छन् । बाँकी कोही पनि गएका छैनौँ,’ ती विद्यार्थीले भने ।
विद्यार्थीहरूको मनमा अझै पनि त्रास पैदा भइरहेको ती विद्यार्थीको भनाइ छ । होस्टेलका कर्मचारीहरूले विद्यार्थीहरूलाई फोन गरेर नै फर्किन अनुरोध गर्दै आएका छन् । तर पनि विद्यार्थीहरूमा अहिले नै जाँदा के हुने हो भन्न डरका कारण जान सकिरहेका छैनन् ।
विश्वविद्यालयले प्रकृतिको निधनप्रति शोक सभा राखेको छ । मङ्गलवार विश्वविद्यालयमा राखिएको शोकसभामा विश्वविद्यालयका उच्च पदस्थहरूको उपस्थिति रहेको थियो ।
शोक सभापछि विश्वविद्यालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ, ‘हाम्रो प्यारो विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनमा गहिरो शोक । आज, सबै वरिष्ठ कार्यकर्ताहरू हाम्रो हार्दिक समवेदना व्यक्त गर्न र उनको परिवार, साथीहरू र विद्यार्थी समुदायसँग ऐक्यबद्धता व्यक्त गर्न भेला भए । हामी सबैको लागि न्याय र समर्थन सुनिश्चित गर्न प्रतिबद्ध छौँ । उनको आत्माले शान्ति पाओस् ।’
केटा साथीबाट भएको दुव्यर्वहारपछि प्रकृतिले १६ फ्रेब्रअरीमा होस्टेलभित्र झुन्डिएर आत्महत्या गरेकी थिइन । भित्रबाट ढोका बन्द गरेको अवस्थामा अन्य विद्यार्थीहरूले भेण्डिलेशन फोडेर भित्र गएका थिए । त्यसपछि उनी पङ्खामा पलको पासो लगाएर झुन्डिएको अवस्थामा देखिएकी थिइन् ।
उनको न्यायको माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेपछि नेपाली विद्यार्थीहरूलाई नेपाल फर्किन निर्देशन दिइएको थियो । त्यसपछि चौतर्फी विरोध सुरु भएपछि विश्वविद्यालयले आफ्ना ५ जना कर्मचारीलाई निलम्बन तथा बर्खास्त गरेको छ ।
त्यस्तै प्रहरीले उनीमाथि दुर्व्यवहार गर्ने आदिक श्रीवास्तवलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्वविद्यालयका कर्मचारीहरूले नेपाली विद्यार्थीहरूलाई एक एक गरेर होस्टेलबाट निकालेका थिए भने बल प्रयोग गरेर बसमा हालेर रेलवे स्टेसन छोडिदिएका थिए । त्यसपछि कतिपय विद्यार्थीहरू नेपाल फर्किएका छन् भने कतिपय विद्यार्थी भारतका विभिन्न स्थानमा आफन्तहरूको घरमा बस्न पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
-
ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना
-
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल